चितवन, असार ६ः बुधबार बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराेका कारण अवरूद्ध सडक पन्छाइसकिएकाे छ । यससँगै अब दुवै तर्फबाट सवारी सनञ्चालन सुरू भएकाे जनाइएकाे छ ।
उक्त सडकखण्डकाे चारकिलो भन्ने ठाउँमा पहिराे खसेर सवारी साधनहरू अावागमनमा अवराेध भएकाे थियाे । झण्डै तीन दिन लगाएर पहिरो पन्छाएपछि उक्त क्षेत्रमा दुईतर्फी सवारी सञ्चालन सुरू भएकाे नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालले बताए ।
भारी वर्षासँगै खसेकाे पहिराेका कारण उक्त सडक खण्डकाे ४५ मिटर लामो भाग ढाकेको खनालकाे भनाइ छ । पहिराे खसेलगत्तैदेखि पन्छाउन सुरू भए पनि पूर्ण सडक खुलाउन ३ तीन लागेकाे हाे । सडककाे दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको र सडक पूरै सञ्चालनमा आएकाे बताइएकाे छ ।