काठमाडौं, चैत्र ५ : काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख १४३ नम्बरको ट्रक ३ नम्बर पुलबाट त्रिशुलीमा खसेको छ ।
उक्त ट्रक दुर्घटनामा परी एक जनाको घटनास्थलमौ मृत्यु भएको छ भने चार जना घाईते भएको प्रहरीले जानकारी दिए । सो दुर्घटनामा परेकाहरुको प्रहरीले उद्धार गरिरहेको बुझिएको छ । घटनाको विस्तृत विवरण आउने क्रम जारी रहेको छ ।