चितवन, साउन ११ । जनगुनासो बढेपछि भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । बजारमा अखाद्य बस्तु, सडे गलेका विभिन्न सामाग्री विक्री वितरण गरेको तिब्र जनगुनासो आएपछि महानगरले महानगर प्रहरी सहित अनुगमन टोली खटाएको हो ।
अनुगमन गर्ने क्रममा नारायणगढमा रहेको पोखरा बसपार्कमा रहेको एक मासु पसलमा चेक जाँच गर्दा कुहिएका खसीका टाउको र खुट्टा फेला परेको थियो । पोखरा बसपार्क स्थित पुरानो ताहिर मासु पसलको फ्रिज खोलेर हेर्दा सडेका २८ टाउको र १ सय ८४ खुट्टा बरामद गरिएको थियो ।
बरामद गरीएका खुट्टा टाउकोलाई महानगरको अनुगमन टोलीले नष्ट गरी मासु पसल संचालकलाई सचेत गराएको थियो । अनुगमन टोलीले विभिन्न पसल चेक जाँच गर्दा डेट नाघेका सामाग्री समेत नष्ट गरेको थियो ।