नायिकाले नेतृलाई जितिन

| 2019 Jun 27 | 05:57 pm 1745

काठमाडाैं, असार १२:  २०७५ सालमा एसईई  दिएर चर्चामा रहेकी नायिका करिश्मा मानन्धरले नेतृ शान्ता चौधरीलाई जितेकी छन् । मानन्धरले ‘बी प्लस’ ग्रेड ल्याएकी छन् भने नेतृ चाैधरीले ‘बी’ ग्रेड ल्याएकी छन् ।

नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् भने चाैधरीले जीपीए २.६५ ल्याएकी छन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन ।

मानन्धरले अब उच्च शिक्षा व्यवस्थापन विषय लिएर पढ्ने प्रतिक्रिया दिएकी छन् । आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन्  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.