नाम र राजधानी टुंग्याउन प्रदेश २ ले बनायो संवाद तथा सुझाव आयोग

| 2018 Oct 28 | 04:35 pm 4644

जनकपुरधाम,  कात्तिक ११  :  राजधानी र नामको टुंगो लगाउन प्रदेश २ को सरकारले आयोग गठन गरेको छ । सरकारको तर्फबाट राजधानी र नामको टुंगो लगाउन ढिलाई हुँदा चौतर्फी आलोचना भइरहेका बेला सरकारले आयोगमार्फत यसको निचोड निकाल्ने भएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम र राजधानी तय गर्न डा. हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको हो ।

यस आयोगका सदस्यहरुमा मोहलाल चौधरी र रामप्रवेश बैठा रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । ४५ दिन भित्र आयोगले प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो लगाउने जिम्मा पाएको छ ।

समितिले दिने प्रतिवेदनका आधारमा प्रदेश सरकारले निर्णय लिने जनाइएको छ । आयोगले निर्धारित समयभित्र प्रदेशका विभिन्न जिल्लामा सर्वेक्षण गरि बनाएको प्रतिवेदन सरकारलाई बुझाउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.