नाबालिकालाई करणी गरी फरार २ जना पक्राउ

| 2022 Jul 22 | 06:01 pm 1449

बर्दिया, साउन ६ः नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका ८ गुरुदयालपुर बस्ने ३० वर्षीय राजेश मंगता र २० वर्षीय रोहन खटिक रहेका छन् ।

बाँके बैजनाथ गाउँपालिका २ स्थायी वतन भई बर्दिया बढैयाताल गाउँपालिका ५ स्थित दिदीको घरमा आउने क्रममा २ जना मिली मिति २०७९ साउन ४ गते बढैयाताल गाउँपालिका ५ स्थित बाटोमा बालिकालाई जबरजस्ती करणी गरी उनीहरु फरार भएका थिए ।

बालिकाले ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा मिति २०७९ साउन ५ गते उजुरी दिए पश्चात् उक्त घटनामा संलग्नको खोजी गर्न ईलाका प्रहरी कार्यालय मैनापोखर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट समेत प्रहरी टोली परिचालित भई खोजी कार्यलाई तीब्र रुपमा अगाडी बढाइएको थियो ।

पीडित बालिकाले दिएको हुलियाको आधारमा बर्दिया गुलरिया नगरपालिका १२ डल्लापुरबाट बिहीबार उनीहरुलाई नियन्त्रणमा लिई सम्मानित बर्दिया जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दा शीर्षकमा म्याद पथ गरी आवश्यक अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.