नाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 22 | 08:36 am 149

पर्सा, असार ८ः एक नाबालिकालाई अपहरण गरी जबजस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका-५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् ।

बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.