नाडा अटो सो आजदेखि

रिपोर्ट नेपाल | 2024 Aug 27 | 10:17 am 373

काठमाडौँ ११ भदौ / नजिकिदोँ चाडपर्व समेतलाई लक्षित गरी नेपालका सवारीसाधन बिक्रेताहरूले शुरु गरेको मुलुककै ठूलो सवारी साधन प्रदर्शनी (अटो शो) काठमाडौँमा आजदेखि शुरु हुँन लागेको छ । नाडा अटो शो को यो १६औं श्रृंखला हो ।

नाडा अटो शो मा यसपटक विभिन्न ब्राण्डका सवारीसाधनका नयाँ नयाँ भेरियन्टहरू समेत प्रदर्शन गर्दैछन् । सिप्रदीले नयाँ एसयूभी पन्च इभी तथा चिनियाँ सवारीसाधन निर्माता दोङफेङले निर्माण गरेको नामी इभीले अटो शोका क्रममा सार्वजनिक (लन्च) गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

निजी सवारीसाधनमात्र होइन सार्वजनिक सवारीसाधनमा समेत इभीको प्रयोग बढ्दै गएको छ । स्वच्छ ऊर्जामा आधारित भएकाले इभीप्रति नेपाली उपभोक्तामाझ आकर्षण त बढेको छ । नाडा अटो शो मा सवारीसाधन तथा तिनको पाटपूर्जा प्रदर्शनी, तिनका विशेषताहरूदेखि फाइनान्सिङको प्रबन्धबारे जानकारी र बुकिङ समेत गर्न सकिने नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.