नाटकिय अपहरणमा २० लाख फिरौती माग गर्ने शर्मा पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 21 | 04:05 pm 1541

काठमाडौं, असार ७ः नाटकिय अपहरणमा २० लाख फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी राजगढ गाउँपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ३१ वर्षीय कृष्णकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार उनी गत असार १ गते परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका थिए।

बेपत्ता भएको भोलिपल्टै सामाजिक सञ्जाल इमोमार्फत् कृष्णकुमारले आफ्ना सालालाई केही तस्बिरहरू पठाएका थिए ।

प्रहरी अनुसन्धानको क्रममा उक्त अपहरणको घटना शर्माले २० लाख रुपैयाँ प्राप्त गर्नको लागि आफ्नो घर परिवारलाई डर–त्रास देखाई दवाव दिएको देखिएको छ। नियोजितरूपमा आफूलाई नाटकिय अपहरण गरेको म्यासेज तथा भिडियो क्लिप्स बनाई पठाएको खुल्न आए पश्चात शर्माको खोजतलास गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट शर्मालाई पक्राउ गरी सार्वजनिक उपद्रयाई गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाईएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.