नाच्न नजाने पनि हाक्न जान्ने निर्देशक के.सी

| 2022 May 22 | 12:55 pm 945

काठमाडौं, जेठ ८ः धादिङ जिल्लाको जिवनपुर गाविसमा जन्मिएर सात वर्षको उमेरमा भिमढुङ्गा, रामकोट हुँदै खाली खुट्टा पैदल काठमाडौं छिरेका र हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँ बस्तीमा स्थायी बसोबास गर्दै आएका बिनोद के.सी कलाकारिता क्षेत्रमा छिट्टै फड्को मार्ने कलाकारको रुपमा परिचित छन् ।

दुई दशकदेखि नेपाल टेलिभिजनबाट प्रसारित नितेशराज पन्तद्वारा निर्देशित क्याटमाण्डू र सविन बास्तोलाद्वारा निर्देशित थोरै भए पुगेसरी जनचेतना मुलक टेली चलचित्रबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका के.सी जितु नेपालद्वारा निर्देशित गिताञ्जली कार्यक्रम हुँदै दीपकराज गिरीद्वारा निर्देशित चर्चित हाँस्य टेली चलचित्र तितो सत्यमा प्रहरीको भूमिकामा प्रवेश गरेपछि तितो सत्यको पुलिसको नामबाट चर्चित हुन थालेका थिए ।

त्यसैगरी जिरेखुर्सानी, मेरीबास्सै लगायत दर्जनौं सामाजिक टेली चलचित्रहरुमा अभिनय गर्दै आएका के.सीले केही वर्ष अभिनयमा बिटमारे पनि कला क्षेत्रमा निरन्तर नै लागिरहे । केही महिना अघि राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) द्वारा निर्देशित हाल हिमाल टेलिभिजनबाट प्रसारण हुँदै आएको जुठे नामक टेली सिरियलमा अतिथि कलाकारको रुपमा केही भाग लाहुरेको भूमिकामा अभिनय गर्न थालेपछि पुनः जुठेको लाहुरेको नामबाट आम दर्शकमाझ चर्चित हुन थालेका छन् । केही महिना अघि आफ्नै निर्माण तथा लेखन निर्देशनमा म्युजिक भिडियोहरु निर्देशन गरी SGF युट्युब च्यानलबाट प्रसारणमा ल्याई सकेका छन् ।

बहु प्रतिभाको धनी भएका कलाकार बिनोद के.सीको निर्देशनमा हालै मात्र निलो पटुकी नामको लोक दोहोरी गीतको म्युजिक भिडियो टाइम्स टिभी नेपाल नामक युट्युब च्यानलबाट प्रसारण गरी दर्शकहरुमाझ ल्याएका छन् ।

रुद्र सि.एम. को शब्द संगितमा टीका पुन र घनश्याम चन्द्रको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल  दिपासा बि.सी.को साथमा कुशल ब्यांकर्श रमेश खतिवटा (क्षितिज) ले बेजोड अभिनय गरेका छन्, भने दुर्गा पौडेलको छायांकन र नविन घर्ती मागरको सम्पादन रहेको उक्त म्युजिक भिडियाेमा माेडल दिपासा बि.सीले नै काेरियाे ग्राफरकाे भुमिका निर्वाह गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.