नागरिक र प्रहरीको एकताले नै शान्ति छाउँछः एसएसपी लामा

रिपोर्ट नेपाल | 2019 Feb 06 | 05:19 pm 5844

काठमाडौं, माघ २३ :  महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले प्रहरी आफ्नो दायित्व बाहिरका कैयौं कुरालाई पनि दायित्वबोध गरेर काम गर्दै आएको बताएका छन् ।

काठमाडौं महानरपालिकाको वडा नम्बर–१० को कार्यालयमा बुधबार जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा प्रहरी नागरिक र प्रहरीको हातेमालोमा शान्ति सुरक्षाका साथै विकास निर्माणमा अघि बढ्न खोजिरहेको लामाको भनाई रहेको थियो ।

समाजलाई चेतनशिल बनाउनका लागि प्रहरी टोलटोलमा मात्रै नभएर अव घर–घरमा पुगेर रेकर्ड जम्मा गरिने पनि एसएसपी लामाले बताए । काठमाडौं भित्र ९० विद्यालयमा सचेतना प्रशिक्षण दिने कार्यक्रमका साथै स्टीकर टाँस गर्ने पनि उनले बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको अगुवाईमा सम्पन्‍न कार्यक्रममा वृत्तका प्रमुख गोविन्द काफ्लेले वस्ती भेटघाटदेखि होस्टेल अनुगमन हुँदै विभिन्‍न विकृतिजन्य कृयाकलापमाथि कनुनी कारवाही गरिएको बताए ।

प्रहरी नायब उपरीक्षक काफ्लेले जनप्रतिनिधिसँगको सहकार्यमा स्वास्थ्यमा गम्भिर असर पुर्‍याउने २४ हजार लिटर तयारी घरेलु मदिरा, २८ हजार लिटर कच्चा पदार्थ नष्ट गर्नुका साथै विभिन्‍न अपराधमा संलग्‍नलाई कानुनी दायरामा ल्याइएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.