नागढुङ्गा सुरुङमार्गको उद्धार सुरुङ आज ब्रेक थ्रु

| 2023 Aug 07 | 08:40 am 1773

काठमाडाैं, साउन २२ । २०७६ सालमा शिलन्यास गरिएको नागढुङ्गा सुरुङमार्गको रेस्क्यु सुरुङ अर्थात् उद्धार सुरुङ आज छिचोलिने भएको छ । आज दिउँसो  सुरुङ छिचोलिने अर्थात् ब्रेक थ्रु हुने भएको हाे ।

रेस्क्यु सुरुङ अब एक मिटरमात्र खन्न बाँकी रहेको सडक विभागको विकास सहायता समन्वय महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यु टनेल छिचोलिने बताइएकाे छ ।

सुरुङ मार्गमा धादिङ तर्फबाट प्रवेश गरेर काठमाण्डौतर्फ निस्कने कार्यक्रम छ ।  साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ ।

दुई दशमलव छ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.