नागढुंगामा प्रहरी र स्थानीयबीच भएको झडपमा वडाध्यक्षसहित ८ जना पक्राउ

| 2023 Dec 09 | 04:46 pm 377

काठमाडौँ, मंसिर २३ – शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिदा चन्द्रागिरी-२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।

घटना पछि उनीहरूलाई तत्काल उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । उपचारको क्रममा अस्मिताको मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको उक्त सडक खुलाउने क्रममा नागढुंगाका स्थानीय र प्रहरीबीच झडप भएको थियो झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही व्यक्ती घाइते भएका छन्।

प्रहरीले चन्द्रागिरी नगरपालिका-२ कावडाध्यक्ष भाइकृष्ण तामाङसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सवारी आवागमन पनि दुइतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.