नागढुंगामा डा कार्कीलाई दुर्व्यवहार गर्ने युवा पक्राउ

रिपोर्ट नेपाल | 2020 May 17 | 02:26 pm 2139

काठमाडौं,जेठ ४: काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका एक स्वयंसेवकले चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नपाका उत्तम कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको जनाएका छन् । कोरोना संक्रमणको जोखिम नियन्त्रणमा खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।

उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी गरेका थिए । निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई तत्काल पक्राउ गरेर कारबाही गर्न सामाजिक विकास मन्त्रालयले माग गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.