नागढुंगादेखि मुग्लिनसम्मकाे सडक ४ लेनमा विस्तार हुने

रिपोर्ट नेपाल | 2018 Oct 13 | 01:06 pm 2077

काठमाडौं, असोज २७ : काठमाडौं भित्रिने प्रमुख मार्गकाे रुपमा रहेकाे नागढुंगा-नौविसे-मुग्लिन सडकखण्ड विस्तार गरी ४ लेनकाे बनाइने भएकाे छ । यसअघि मुग्लिनदेखि नारायणगढसम्मकाे सडक खण्ड विस्तार गरिसकिएकाे छ, यद्यपि त्यहाँ पहिराे खस्ने क्रम भने राेकिएकाे छैन ।

नागढुंगादेखि मुग्लिनसम्मकाे सडक विस्तारका लागि सर्भे र डिजाइनकाे काम सकिएकाे छ । साे खण्डका लागि करिब २० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएकाे छ, जुन विश्व बैंकबाट जुटाउने तयारी सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले गरिरहेकाे जनाएकाे छ ।

यस खण्डकाे लम्बार्इ ९६ किलोमिटरजति रहेकाे छ । विस्तार गर्न अप्ठेराे पर्ने ठाउँमा २ लेनसम्मकाे कायम गरिने र अन्य स्थानमा ४ लेनकाे बनाइनेगरी सर्भेकाे काम सकिरएकाे महाशाखाले जनाएकाे छ । साथै महाशाखाले लगानीका लागि विश्व बैकसँग प्रस्ताव समेत पेश गरेको छ । नारायणगढ-मुग्लिन सडक खण्ड पनिविश्व बैंककै अार्थिक सहयोगमा विस्तार भएको हाे ।

नागढुंगादेखि मुग्लिनसम्मकाे सडक विस्तारका लागि पनि विश्व बैंकले चासो देखाएकाे छ । लगानीका लागि बैंकबीच अन्तिम चरणकाे छलफल भइरहेको र २ महिनाभित्रै ऋण सम्झौंता हुने महाशाखाकाे भनाइ छ ।

सवारी चाप बढेका कारण यस राजमार्गमा दैनिकजसाे जाम हुने गरेकाे छ । साँघुराे सडकका कारण जाम बढी हुने गरेकाे हाे । हाल यस सडकको अधिकांश भाग दुर्इ लेनको छ कतिपय स्थानमा एकतर्फी मात्रै सवारी चल्न गरी साँघुराे रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.