काठमाडौं, जेठ १२: काठमाडौंको सुकेधारा र अनामनगरमा विस्फाेट लगत्तै नागढुंगामा क्षेत्रमा पनि विस्फोट भएको छ । नागढुंगास्थित रहेकाे इटाभट्टानजिकै बम विस्फोट भएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । यस विस्फोटमा दुइ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
यसैगरी गुण सिनेममा हल ग्वार्काेमा शंकास्पद वस्तु फेला परेकाे स्थानीयले जानकारी दिए । उक्त वस्तु बम हुनसक्ने आशंका गरिएकाे र त्यस स्थान नेपाल प्रहरी पुगी सकेकाे जानकारी प्राप्त भएकाे छ ।