नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति

रिपोर्ट नेपाल | 2024 Apr 14 | 02:55 pm 249

काठमाडौँ ०२ बैशाख / सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दिइएको समय आइतबार साँझ ५ बजे सकिँनै लाग्दा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम पक्ष, कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारीमा जुटेका छन्। सुदूरपश्चिममा सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ।

स्रोतको दाबी अनुसार नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सार्ने समझदारी भए अनुसार नाउपालाई मुख्यमन्त्री दिन सहमति जनाउँदै उनीहरू दाबी पेस गर्न प्रदेश प्रमुख नजिर मियाँकहाँ गएका छन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्द्रिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छ। सत्ता गठबन्धनले नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति गर्दै रञ्जिताले कैलाश चौधरीलाई अघि सारेकी थिइन्।

नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षका ४ सांसदको समर्थनसहित चौधरीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.