नवलपरासी, फागनु ३० : नेत्रविक्रम चन्द नेतृत्वले गरेको नेपाल बन्द गरिरहेको बेलामा नवलपरासीको कावासोतीस्थित जिल्ला वन कार्यालय अगाडी बम विस्फोट भएको छ ।
बम राख्ने र बम विस्फोटले गर्दा सर्वसाधारण जनता त्रासित भएका छन् । उक्त विस्फोटबाट कुनै किसिमको ठूलो क्षति नभएको प्रहरीले जानकारी दिए । विस्फोट चन्द नेतृत्वले नै गरेकाे अशंका प्रहरीले गरेकाे छ ।