नवलपरासीमा द्वन्द्वकालमा १६ बेपत्ता, २१६ मृतक

रिपोर्ट नेपाल | 2018 Sep 03 | 08:50 am 1953

नवलपरासी, भदौ १८: साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याकं छ।

इन्सेक पश्चिम नवलपरासीका अनुसार साविक नवलपरासी जिल्ला र सङ्घीय संरचनाअनुसार पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लाको सो तथ्याकं रहेको हो ।

दुवै जिल्लामा गरी १६ जना बेपत्ता भएकामा चार जना बालकको सङ्ख्या रहेको छ भने मृतक २१६ जनामा सात जना महिलाको सङ्ख्या रहेको पश्चिम नवलपरासीका इन्सेक प्रतिनिधि नारायण पराजुलीले जानकारी दिए।

द्वन्द्व प्रभावित मृतक र बेपत्ता परिवारजन कूल २३२ परिवारमध्ये २२२ जनाको परिवारजनले मात्र राज्यबाट राहत रकम प्राप्त गरेका छन् । बाँकी १० जनाको परिवारजनले हालसम्म सो राहत रकमसमेत प्राप्त गर्न नसकेको इन्सेक प्रतिनिधि पराजुलीको भनाइ छ । राज्यले बेपत्ता परेका परिवारलाई रु १० लाखभन्दा बढी अन्य सुविधा प्राप्त गर्न नसकेको अवस्था देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.