नर्भिकमा मिर्गौला प्रत्यारोपण सुरु

| 2023 Jan 03 | 07:37 am 1241

काठमाडौँ, पुस १९ः थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जानकारी दिएको छ ।

नर्भिक अस्पतालमा प्रत्यारोपण सेवा प्रारम्भ भएसँगै मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालको सङ्ख्या ११ पुगेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नर्भिक अस्पतालले ६६ र ५४ वर्षीय पुरुषद्वयको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए।

६६ वर्षीय पुरुषलाई उनकी ५५ वर्षीया पत्नीले मिर्गौला दान गरिन् भने ५४ वर्षका पुरुषलाई उनकी ३० वर्षीया छोरीले मिर्गौला दान गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.