नयाँ शक्तिकी सीमा विक नेकपामा प्रवेश

रिपोर्ट नेपाल | 2019 May 08 | 06:06 pm 2328

काठमाडौं, वैशाख २५ : तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे ।

विक पूर्व संविधान सभा सदस्य रहेकी थिइन् । सो अवसरमा बोल्दै प्रचण्डले  नेकपाभित्र आउँछु भन्नेहरू देशैभर रहेको र त्यसका लागि छुट्टै छलफल चलाइने बताए ।

हाम्रो पार्टी एकताको नयाँ प्रक्रिया र नयाँ खुशीतर्फ जाँदैछ,’ प्रचण्डले भने, ‘बाँकी रहेका ठूला साना कम्युनिस्ट पार्टीहरू यही केन्द्रमा आएर एउटी कम्युनिस्ट पार्टी बनाउने, समृद्धिको अभियान चलाउने, समाजवादको आधार तयार पार्ने काममा लाग्नुपर्छ । भन्नका लागि यी कुराहरू सरल छन्, महान् पनि छन् र चुनौतीपूर्ण पनि छन् ।’

प्रचण्डले झण्डै दुईतिहाइ मत ल्याएर कम्युनिस्ट पार्टीले सरकार चलाएको धेरैलाई मन नपरेको पनि बताए । एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गाी संगठन र कार्यविभाजन एक दुई दिन भित्रै टुंग्याइने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.