नयाँ युवा नीति आवश्यक छः राष्ट्रपति पौडेल

| 2024 Aug 12 | 12:39 pm 297

काठमाडौँ २८ साउन / राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवा नीति आवश्यकता भएको बताएका छन्।

राष्ट्रपति पौडेलले संघीयता, परिवर्तित विश्व परिवेश, विज्ञान र सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भएको बताए।

राष्ट्रपति पाैडेलले गुणस्तरीय, समय सापेक्ष, रोजगारमुलक शिक्षाको सिमितता, व्यवसायिक सीप र प्रविधिमा न्युन पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशिल वातावरणको सीमितता रहेको बताए।

युवालाई समाज रुपान्तरणको माध्यम बनाउन आग्रह गरे। उनले नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्नसके समृद्धिका लागि कतै भौंतारिनु नपर्ने राष्ट्रपति पाैडेलले बताए गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.