नयाँ बसपार्क नजिकै वेवारिसे नवजात शिशु फेला

रिपोर्ट नेपाल | 2018 Jun 05 | 09:22 am 4435

काठमाडौं, जेठ २२: नयाँ बसपार्कमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन्।

सोमबार साँझ ८ बजे नयाँ बसपार्कको टिकट काउण्टर नजिकै कपडामा बेरेको अवस्थामा उक्त शिशु फेला पारिएको महानरिय प्रहरी प्रभाग, नयाँ बसपार्कले जनाएको छ ।

८-१० दिनकोजस्तो देखिने उक्त शिशु कसैले अवैध रुपमा जन्माएर सामाजिक इज्जतको डरले वा गरिबीको कारणले वेवारिसे अवस्थामा छोडिएको हुनसक्ने अनुमान प्रहरीको छ ।

उक्त नवजात शिशुलार्इ अहिले संरक्षणका लागि नेपाल बाल संगठन नक्सालमा पठाइएको प्रहरी प्रभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.