नयाँ बसपार्कको दादागिरी तोड्लान त बालेनले ?

रिपोर्ट नेपाल | 2022 Sep 08 | 01:36 pm 6797

काठमाडौं, भदौ २३ः देशको राजधानीमा बसपार्कको अभाव देखि जापान सरकारले अनुदान दिएर बनाइएको बसपार्क ल्होत्सेले ४५ वर्षको लागि ठेक्का लिए पनि महानगरपालिका सँग गरिएको सम्झौता विपरीत संचालन गर्दा समेत सम्बन्धीत निकाय कानमा तेल हालेर बसेको छ ।

सार्वजनिक यातायातको सेवा सुविधा प्रदान गर्ने भनेर सम्झौता गरिएता पनि अहिले बसपार्क त्यहाँका कर्मचारीको व्यापार गर्ने अखडा भएको छ ।

बस पार्किङ सानो भएको भन्दै साना व्यापारीलाई लखेटेर ल्होत्सेका कर्मचारीले एकछत्र राज गरेका छन् । रिपोर्ट नेपाललाई एक यातायात व्यावसायीले दिएको समाचार अनुसार नयाँ बसपार्क आफ्नै बाबुको बिर्ता झैं गरी काउण्टर वितरण पनि आफूले इच्छाएका र नजराना चढाउनेलाई मात्र दिने गरेका छन् ।

तत्कालिन सम्झौंता गर्दा प्रति बस १ सय ७५ पार्किङ शुल्क लिने गरिएको छ । तर अहिले त्यहाँ एक हजार सम्म लिने गरेको बताइन्छ । गाडी संचालन समेत त्यहीका कर्मचारीले दादागिरी किसिमले गर्ने गरेका छन् ।

यातायात पार्किङलाई भन्दा मापदण्ड र सम्झौता विपरित महल खडा गरेर बसपार्क नभएर व्यापार बजार बनाइएको छ । काउण्टर गाडी संचालन त्यहीका कर्मचारीले आफूखुसी गर्दै आएका छन् ।

कोही बोल्यो भने उल्टै झपार्ने गरेको बताइन्छ । यस अघिका मेयरहरुले कमिशनका भरमा मापदण्ड विपरीत कार्य गर्न दिए पनि अहिलेका मेयर बालेन साहले त्यहाँको मापदण्ड कायम गराउने कुरामा व्यवसायी आशावादी छन् ।

यदि बालेनले पनि मापदण्ड हेरेनन् भने सच्चा यातायात व्यवसायी जुन जोगी आएपनि कानै चिरेको भन्ने कहानी सोच्न बाध्य हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.