नयाँ निर्माण गर्न लागेको राम मन्दिर बिवादमा

रिपोर्ट नेपाल | 2020 Dec 23 | 09:42 am 2141

महेश सिंह सिरहा, पुस ८ः लहान नगरपालिका ७ स्थिति रहेको राम मन्दिरको नयाँ निर्माण संरचना बनाउँन लग्दा स्थानीयहरुले बिरोध जनाएका छन्।

२००४ सालमा स्थानीय वडा नम्बर ७ बस्ने स्वर्गीय हरिदेब शर्माले ब्यक्तिगत लगानीमा मन्दिर स्थापना गरेका थिए। स्वर्गीय हरिदेब शर्माले मन्दिरको पुजारी बनेर भगवान रामको पुजा अर्चना गर्न ब्यतित थिए।

No description available.

शर्माको छोरा र नाति, नातनाले ३ पुस्ता देखि मन्दिरको पुजा पाठ र संरक्षण गर्दै आएका हुन्। मन्दिरको परिसर भित्र रहेको पसल गर्ने ४ सटरको भाडाको रकमले मन्दिरको पुजारीले हात मुख जोडने गरेका छन् ।

करिब ५० बर्ष देखि ४ वटा सटरमा पसल थापेर ब्यापार गर्दै आएका छन् । मन्दिरको सटरबाट मासिक २० हजार आम्दानी हुने गरेको पुजारी गिरी राज शर्माले बताए ।

मन्दिर तोडेर नयाँ बनाउन लाग्दा पुजारीलाई बिचल्ली भएको छ । मन्दिर पुजारीको बाहिरी र घरायसी कुनै आम्दानी आय स्रोत नरहेको स्थानीय बुद्धिजिबी राम औतार शर्माले बताए।

नयाँ निर्माण संरचना बनाउन लाग्दा पसल गर्ने कुनै सटरको नक्सामा उल्लेख नरहेको देखिएको छ ।

मन्दिर निर्माणको लागि छुटयाएको रकम लहान नगरपालिकाको श्राहनि काम रहेको स्थानीयले बताए तर उक्त मन्दिर परिसर भित्र मन्दिरको आय स्रोतको लागि सटर बनाउन र मन्दिर पुजारीको ब्यवस्थापन गर्न मारवाडि युवा मञ्चका अध्यक्ष अभिनव मुरारकाको एक समुहले लहान नगरपालिकाको मेयर साहलाई आग्रह गरेका छन्।

No description available.

सोमबार लहानका मेयर साहले उक्त मन्दिर निर्माणका लागि सिल्यानास गरेका छन्। हिजो मारवाडि युवा मंन्च लहानले आयोजना गरेको आक्स्मिक बैंठकमा मेयर साहको उपस्थिति नरहेकोले बैंठक बिना निस्कर्शमा सकिएको लहान ७ का अध्यक्ष राकेश रोशन गुप्ताले जानकारी दिए ।

लहान नगरपालिकाले स्थानीय संग मन्दिर निर्माणको विषयमा कुनै सल्लाह र निर्णय नगरी बदनियत पूर्ण तरीका निर्माण गर्न लाग्दा स्थानीयहरुले आपत्ति जनाएका छन् । मन्दिर बनाउन लहान नगरपालिकाको मुनि साहको स्थानीय सरकारले बजेट छुटयाएका छन् ।

लहान नगरपालिकाको कार्यालयले उक्त मन्दिरको पुरानो संरचना भत्काएर नयाँ मन्दिरको लागि भ्याट सहित २ करोड १४ लाख ३० हजार २ सय ४६ पैसा बजे छुटयाई बिन्योजन गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.