एजेन्सी फागुन ६ : भारतको राजधानी नयाँ दिल्लीमा ममको व्यवसाय गर्दै आएका २४ बर्षीय देपश थापाको एउटा पार्कमा शव फेला परेको भारतीय समाचार एजेन्सी ‘इन्डो–एसियन न्यूज सर्भिस’ले जनाएको छ । एजेन्सीका अनुसार मृतक युवक दिपेश थापाको शव स्थानीय पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको जनाएको छ ।
मृतक थापा नेपाली नागरिक भएको उल्लेख गरिए पनि उनको ठेगाना खुलाइएको छैन । चिराग दिल्लीको रामलीला पार्कमा एउटा रुखमा झुण्डिएको अवस्थामा थापाको शव फेला परेको जनाइएको छ । मंगलबार साँझ करिब ७ बजे दिपेशलाई उनका साथीहरुले देखेको तर त्यसपछि उनी कहाँ गएका थिए भन्ने पत्तो लाग्न नसकेको दिल्ली प्रहरीको भनाइ छ।