नयाँशक्तिका संस्थापक नेता केशव दाहालले पनि छाेडे बाबुरामकाे साथ

| 2018 Jun 16 | 07:45 am 2585

काठमाडौं, २ असार : नयाँ शक्ति पार्टी नेपालका संस्थापक नेता केशव दाहाल पार्टीबाट अलग भएका छन् । नयाँशक्ति स्रोतका अनुसार दाहालले पार्टीबाट दिएको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरेको छ ।

उनले आफ्नो फेसबुक पेजमार्फत नयाँ शक्ति पार्टीबाट विधिवत रुपमा अलग भएको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्- ‘नयाँ शक्ति पार्टीको असार १ गते बसेको केन्द्रीय समितिको बैठकले मेरो राजीनामा स्वीकार गरेको छ । पार्टी स्थापनादेखि निरन्तर रुपमा केन्द्रीय सचिवालय रही काम गरियो । यो सहकार्यका लागि पार्टी संयोजक र सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

दाहाललगायत टिमको मुख्य नेतृत्वमा ०६४ सालमा ुवैकल्पिक विचार मञ्चुको गठन गरिएको थियो। जसले वैकल्पिक राजनीतिको बारेमा बहस, अन्तर्क्रिया र प्रकाशनहरू गर्दै आएको थियो। सोही अभियानका क्रममा दाहाल नयाँशक्ति निर्माणमा जुटेका थिए। तर, पछिल्लो चरणमा उनी नयाँशक्तिका राजनीतिक क्रियाकलापहरूसँग असन्तुष्ट थिए। उनले कैयौं विषयमा संयोजक डा बाबुराम भट्टराईसँग मतभेद राख्दै आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.