भारतको नयाँदिल्लीमा एकै परिवारका एघार जना सदस्य मृत अवस्थामा भेटिएपछि हंगामा मच्चिएको छ । आइतबार बिहानै उनीहरुलाई छिमेकीले झुन्डिएको अवस्थामा भेटेका थिए । यसरी झुडिएका शवमध्ये सात महिला र चार पुरुष छन् । महिलामा पनि चारजना बालिका रहेका छन् । हेर्दा आत्महत्याजस्तो देखिए पनि प्रारम्भिक अनुसन्धानमा हत्याको आशंका गरिएको छ । कुनै सुराक फेला पार्न नसकेर प्रहरी नै उलझनमा परेको एजेन्सीहरुले जनाएका छन् ।
घरमा भेन्टिलेटरको रूपमा प्रयोग गरिएको फलामको डन्डीमा उनीहरू झुण्डिएको (झुन्ड्याएको) अवस्थामा भेटिएको स्थानीय मिडियाहरुले जनाएका छन् । मृतक सबैको हत्या भएको हुन सक्ने छिमेकीहरुको अनुमान रहेको मिडिया समाचारमा उल्लेख छ । सीसीटीभी क्यामेरा फुटेजबाट घटनाको वास्तविकता थाहा हुने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान बढाएका छन् ।