नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने तामाङ पक्राउ

| 2021 Jan 15 | 04:33 pm 2377

काठमाडौं, माघ २ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका ६ का २८ वर्षीय अनिल तामाङ रहेका छन् ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले शुक्रबार बालाजु बाईसधारा स्थित सडक खण्डबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्वर प्रयोग गरी चलाई चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

काठमाडाैं रामकोट स्थित सडक खण्डबाट बा६३प २६६ नम्वरको रातो रंङ्गको पल्सर मोटर साईकल हराएको भनि रामेछाप खाँडादेवी गाउँपालिका १ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए । हराएको निबेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक
कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

यस आ.व.०७७/०७८ मा चोरीमा संलग्न ३१ जना मनिस र १९ मोटरसाईकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी ११७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.