नमुना विद्यालयमा पर्न सफल मावि मुर्कुची

रिपोर्ट नेपाल | 2020 Jul 16 | 02:47 pm 5329

उदयपुर, (मुर्कुची) साउन १ः जिल्लाको रौतामाई गाउँपालिका वडा न ७ मा रहेको श्री माध्यमिक विद्यालय मुर्कुची शिक्षा बिज्ञान तथा प्रबिधी शिक्षा तथा मानव स्रोतविकास केन्द्रको बुधबार भएको निर्णय अनुसार मन्त्रालयबाट रौतामाई गाउँपालिका भित्रको पहिलो सफल नमुना विद्यालयको रुपमा छनौट भएको छ ।

Image may contain: 6 people, including Gita Kc Thapa, people sitting and indoor

२०१८ सालमा स्थापना भएको यस विद्यालयले विभिन्न परिस्थितिमा हरेक आरोह अवरोलाई सामाना गर्दै हजारौं विद्यार्थीहरुको शिक्षाबाट भविष्य निर्माणको बाटो देखाइ सकेको र अझ नयाँ कर्णधार विद्यार्थीहरुलाई शिक्षाको विकासका लागि यो विद्यालय नमुना विद्यालयको रुपमा छनौट भएको हो ।

यस मावि मुर्कुचीलाई नमुना विद्यालयको रुपमा छनौट गर्न गरिएको निर्णय प्रति विद्यालयका प्रधानाध्यापक खड्ग थापा मगरले सामाजिक संजाल फेसबुक मार्फत माननीय मन्त्री गिरिराजमणी पोखरेल, माननीय सांसद सुरेश कुमार राई, शैक्षिक अभियन्ता माधव प्रसाद कोइराला, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्का, शिक्षा विकास समन्वय इकाई उदयपुर लगायत यस अभियानमा प्रत्यक्ष सहयोग पुर्‍याउने सबैमा हार्दिक आभार प्रकट गरेका छन् ।

प्रधानाध्यापक थापाले यस विद्यालयको यो ऐतिहासिक दिनप्रति विव्यस, शिअसं, अभिभावक, विद्यार्थी सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त समेत गरेका छन् । साथै, अझ जिम्मेवारी थपको अनुभुति गरेको र सबैमा पुन शुभकामना दिएका छन्।

Image may contain: one or more people, crowd and outdoor

हाल यस विद्यालयले प्राबिधिक धारमा पनि सिभिल विषयको अध्यायपन गराई रहेको र तल्लोतहमा अङ्ग्रेजी माध्यममा पढाई हुनेगरेको लेखापाल तथा प्रशासन प्रमुख बिदुर खत्रीले जानकारी दिएका छन्।

No photo description available.

यसरी नमुना विद्यालयको रुपमा छनौट हुनु यस विद्यालयको नीति, नियम, अनुशासन, निश्चित केन्द्रबिन्दुमा रहेर कार्य संचालन गरिनुका साथै नमुना विद्यालयका लागि आवश्यक पर्ने सम्पूर्ण संरचना आदि इत्यादि रहेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष फूल कुमारी आले(राधा) ले जानकारी दिइन् ।

Image may contain: 1 person

त्यसैगरी यस विद्यालयले विभिन्न कालखण्डमा हरेक चुनौती तथा अबसर पार गर्दै यस क्षेत्रको नमुना विद्यालय भएकोमा कुसल नेतृत्व चुस्तदुरुस्त प्रशासन भौतिक पूर्वधार हुनु शान्त वातावरण आदिले गर्दा सफलता हात पारेको पूर्व विद्यार्थी मिलन तामाङले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.