नमुना मावि मुर्कुचीमा विज्ञान कला प्रदर्शनी सम्पन्न, ३२ विद्यालयहरुको सहभागिता

| 2023 Feb 23 | 11:11 pm 1969

  • शंकर रिखाम मगर

उदयपुर फागुन, ११ः उदपुरको प्रतिष्ठित नमुना मावि रौतामाई ७ मुर्कुचिले ६१औं वार्षिकोत्सब तथा १९औं अभिभावक दिवसको अवसरमा विज्ञान कला ज्ञान प्रदर्शनी भब्यताकासाथ सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सव, अभिभावक दिवस तथा विज्ञान कला ज्ञान प्रदर्शनी कार्यक्रम विद्यालय व्यावस्थापन समितिकी अध्यक्ष फुलकुमारी आले मगरको सभापतित्वमा सन्चालन गरिएको थियो भने प्रदेश नम्ब १ का माननीय सांसद अम्वरवहादुर रायामाझिको प्रमुख अतिथिमा दिप प्रज्वलनका साथै व्यानर वाचनगरी उद्घाटन गरिएको थियो ।

No description available.

समारोहमा प्रदेश सभाकी उप सभामुख सृजना दनुवार, रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार आले, उपाध्यक्ष भुपेन्द्रवहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल लगाएत वडाका सम्पूर्ण जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

No description available.

वार्षिकोत्सवको अवसरमा विद्यालयका प्राचार्य खड्गवहादुर थापा मगरले स्वागत मन्तव्य राखेका थिए । मन्तब्यको क्रममा विद्यालय विकासको खोल हो, जति विकास भएपनि नदेखिने रहेछ, त्यसैले सम्पूर्ण सहयोगी दातृ निकायहरुलाई विद्यालयको भौतिक संरचना तर्फ विकासको लागि आवश्यक पर्ने समस्याहरुको सहयोग गर्न अनुरोध गरेका थिए ।

उक्त दिवसमा विद्यालयका सम्पूर्ण भए गरेका भौतिक प्रतिवेदन, शैक्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । शैक्षिक प्रतिवेदन तर्फ १ कक्षा देखि १२ कक्षा सम्म सन्चालित विद्यालयमा शिक्षक शिक्षिका तर्फ २९ जना र अन्य ५ जना गरि जम्मा ३४ कर्मचारीहरु आवद्ध रहेका छन् भने ७ सय ९३ जना छात्र, छात्राहरु विद्यालयमा अध्ययन गरिरहेको कार्यरत शिक्षक जितेन्द्रकुमार सिंहले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०७९ साउन देखि माघ सम्ममा सम्पूर्ण खर्च कटौटी गरी ८७ लाख ९५ हजार ९ सय ७ रुपैयाँ ४ पैसा बैंक मौज्दात रहेको विद्यालयका लेखापाल बिदुरवहादुर खत्रीले आर्थिक प्रगती प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

No description available.

दुई दिने दिवसको अवसरमा विज्ञान कला प्रदर्शनी राखिएको थियो । विज्ञान, वातावरण, कला र सामाजिक गरी चार विद्यामा प्रदर्शनी गरिएको थियो । उक्त प्रदर्शनीमा छिमेकी जिल्ला सिराहा र उदयपुर गरी २ जिल्लाका ३२ विद्यालयहरुले सहभागिता जनाएका थिए । सहभागी प्रतियोगी विद्यालयहरुमा प्रथम विजेता हुनेलाई नगद १० हजार रुपैयाँ लगाएत प्रमाणपत्र, दोश्रोलाई नगद ३ हजार रुपैयाँ प्राणपत्र र तेश्रोलाइ २ हजार रुपैयाँको साथमा प्राणपत्र प्रदान गरिएको थियो ।

No description available.

रौतामाईमा मात्र होइन उदयपुर देखि प्रदेशकै नमुना बनोस, यो नमुना विद्यालयले नमुनाकै रुपमा विज्ञान कला प्रदर्शनी गरेकोमा अभिभावकहरुले दुःख गरेर आफ्ना छोरा छोरी विद्यालय पढाउछन तर रोजगारिको कमि हुन्छ, त्यसैले कला र शीपको पनि सिर्जना गर्न आवश्यक देखिन्छ ।

No description available.

विज्ञान कलाले शिक्षामा थप शिक्षा थपिएको बताउदै आफ्ना छोराछोरिहरु विद्यालयमा पढेर पास गर्छन तर कुन खालको क्वालिटी रहेको छ त्यो पनि अभिभावकहरुले थाहा हुन आवश्यक रहेको बताउदै विज्ञान कला प्रदर्शनी जिल्लामा मात्र नभई प्रदेशकै पहिलो नमुना रहेकोले निरन्तरता दिनुपर्ने प्रमुख अतितिथि सांसद अम्वरवहादुर रायामाझिले बताए । साथै नमुना माविको उन्नती र प्रगतिको निम्ति आफूले नेतृत्व गरेको ठाउँबाट छलफल गरि शिक्षालाई गुणस्तरीय बनाउन र भौतिक पूर्वाधारलाई गतिशिल बनाउन राष्ट्रिय रुपमा अगाडि बढाउनको निम्ति प्रयास गर्ने सांसद रायामाझिले प्रतिवद्धता गर्दै आयोजकलाई शुभकामना व्यक्त गरेका थिए ।

जुनसुकै विद्यालयको आर्थिक, भौतिक, सामाजिक तथा अन्य कार्यहरु ग्रहणगरी कार्यपालिकामा निर्णय गर्ने गरेको र व्यवहारमा पनि उतार्ने बताउदै परम्परागत शिक्षा नितिलाई अपनाए सम्भव छैन, बैज्ञानिक र विज्ञानको समयमा आधुनिक ढंगले शैक्षिक स्तर अगाडि बढाउन जोड दिएको रौतामाई गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि विरेन्द्रकुमार आले मगरले बताए । साथै रौतामाईमा ६० ओटा विद्यालय सन्चालित अवस्थामा रहेकोले यो विज्ञान कला प्रदर्शनिलाई निरन्तरता दिन पनि आवश्यकता महसुस गरिएको अतिथि मगरले गरेको बताएका छन् ।

No description available.

दिवसलाई विद्यालय व्यवस्थापन समितिकाी अध्यक्ष फुलकुमारी आले मगरले समापन गरेकी थिइन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.