तनहुँ, असार २३ः अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी गरिरहेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति तनहुँ व्यास नगरपालिका वडा नं १० बैरेनी स्थित मादी नदी बगरबाट रातको समयमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी निकासी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
डियूटीमा खटिएका प्रहरी कर्मचारीले उक्त सवारी साधन फेला पारी नियन्त्रणमा लिई यस कार्यालयमा दाखिला गरेका ३ वटा ट्याक्टरहरुलाई आवश्यक कारवाहीको लागि व्यास नगरपालिकाको कार्यालयमा पठाइएको बताइएको छ ।