नदीजन्य पदार्थ उत्खनन् गर्ने २ वटा जेसिबी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Aug 27 | 07:56 pm 4857

तनहुँ, भदौ ११ः जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ४ मनहरी स्थित ठाउँमा अबैध रुपमा नदीजनय पदार्थ उत्खनन् गरिरहेको अवस्थामा दुई वना जेसिबी प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय मनोज श्रेष्ठको जग्गा उत्खनन गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी थर्पुबाट प्रहरी कर्मचारी उक्त स्थानमा खटिई गई बुझ्दा निजहरुले बिना ईजाजत दुई वटा जेसिबी प्रयोग गरी उत्खनन् गरेको पाइएको हो ।

उत्खनन् कार्यमा संलग्न उक्त कार्यहरु २ वटा जेसिबीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि म्याग्दे गाउँपालिकाको कार्यालयमा पठाइएकोमा उक्त कार्यालयले ५० हजार जरिवाना गरेको छ ।

मध्यरातमा सवारी तोडफोड गर्ने व्यक्तीहरु पक्राउ

बुधबार राती करिब २१ः ३० बजेको समयमा तनहुँ नगरपालिका वडा नं. १२ घासीकुवा स्थित पृथ्वी राजमार्ग सडक छेउमा रोकी राखेको ना ५ ख १६५० नं. को ट्रकमा ढुङ्गा मुढा एवं हातमुक्काले तोडफोड गरी चालक समेतलाई हातपात गरेको भन्ने प्रहरीलाई सूचना प्राप्त भएको थियो ।

सूचना पाउनासाथ यस कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिई गई बुझ्दा उक्त नम्बरको ट्रकको अगाडीको शिशा फुटी क्षति भएको अवस्थामा फेला पारेको हो ।

उक्त घटनामा संलग्न १९ वर्षीय मनिष श्रेष्ठ, २७ वर्षीय अनुप दुरा, २२ वर्षीय नकुल गुरुङ र १८ वर्षीय सुरेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिई म्याद थप अनुमतीको लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराइएको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.