नदिले बगाई बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला

| 2021 Jun 01 | 05:47 pm 1953

काभ्रे, जेठ १८ः जिल्लाको चौरी देउराली गाउँपालिका ८ बिर्ता देउरालीस्थित सुनकोशी नदिमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले  मंगलबार दिउँसो फेला पारेको छ ।

फेला पर्नेमा सोही जिल्लाको तिमाल गाउँपालिका २ बस्ने २१ वर्षीय सुजित तामाङ्गको रहेका छन् । अर्का बेपत्ता भएका सोही गाउँपालिका ३ बस्ने २२ वर्षीय दिलध्वज तामाङ्गको खोजीकार्य भईरहेको छ ।

उनीहरुलाई साेमबार उक्त नदिले बगाई बेपत्ता भएको बताईएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रे र सशस्त्र प्रहरी बल नेपाल विपद् उद्वार उपत्यका गणबाट गएको गोताखोरले उनको शव घटनास्थल नजिकै करीव २२ फिट गहिराईबाट निकालेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.