नगर प्रमुख खिलध्वजको पहलमा रेसुङ्गामा संरचना बन्दै

| 2023 Sep 26 | 06:32 pm 7373

काठमाडाैं, असोज ९ । ऐतिहासिक तपोभूमी रेसुङ्गा पर्वतको महत्व झल्काउन र पर्यटन विकासका लागि पर्यटन विभागले विभिन्न संरचना बनाइदिने भएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थिको विशेष सकृयतामा संरचना निर्माण हुने भएका हुन ।

पर्यटन विभागको एक स्रोतका अनुसार गर्जुरा पार्कमा राखिएको रेसुङ्गा हटाई  रेसुङ्गा पर्वतको चुचुरोमै तमघास बजारबाट देखिने डिजिटल लाइट सहितको रेसुङ्गा राखिने भएको छ । महापोखरीमा स्नान गरी यज्ञशाला लगायत सिद्धबावाको दर्शन गर्न जाने तिर्थालुलाई बस्त्र फेर्ने कोठा र शाैचालय निर्माण हुनेछन् । यसका अलवा फूल प्रसाद विक्री गर्नेका लागि स्टल र पानी पर्दा ‍ओतलाग्नका लागि हल समेत निर्माण हुने बुझिएको छ ।

त्यसैगरी यज्ञशालामा भजन किर्तन हल र सन्त आवास गृह समेत विभागले बनाइदिने भएको छ । विभागले यज्ञशाला परिसरमा सुन्दर ढुङ्गा विच्छयाउने पनि बुझिएको छ । सानो रेसुङ्गामा पनि विभागले एक शाैचालय र ढुङ्गा विच्छयाउने भएको छ । पछिल्लो समय रेसुङ्गा तपोभूमीको महिमा बुझ्न थालेपछि आन्तरिक यात्रु रेसुङ्गा जान थालेका छन् । सदरमुकाम तमघासबाट जाँदा कालोपत्रे र गुल्मी दरवार गाँउपालिकाको गैडाकोटबाट कच्ची सडक भएर रेसुङ्गा पुग्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.