नख्खु कारागारमा कैदीबीच हानाहान, एककाे ज्यान गयाे

रिपोर्ट नेपाल | 2019 Aug 02 | 02:38 pm 1589

ललितपुर, साउन १७ :  शुक्रबार नख्खुस्थित कारागारमा  कैदीबीच हानाहान हुँदा एक जनाको ज्यान गएको छ।

कैदीबीच हानाहानमा परी कर्तव्य ज्यान मुद्दामा सजाय भाेगीरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको जेलर वेदप्रकाश अर्यालले बताए। घटनाकाे विस्तृत विवरण आउन भने बाँकी रहेकाे छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए ।

घटनालगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो । महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.