नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 26 | 07:10 pm 1547

काठमाडौं, साउन १० : ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका सदस्य पक्राउ परेका छन् । सो संगठनका सदस्य भोजपुर षडानन्द नगरपालिका ९ का ३३ वर्षीय दोर्ची शेर्पालाई प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका शेर्पा २०७५ साल फागुन १० गते बेलुका ललितपुर जिल्लाको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोटको कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ । प्रहरीले सो घटनामा विप्लव समूहका ८ जना कार्यकर्ताहरुको सहभागिता रहेको जनाउँदै आएको छ । प्रहरीले यसअघि ७ जनालाई पक्राउ गरिसकेको जनाएको छ ।

शेर्पामाथि प्रहरीले उक्त बम विष्फोटको घटनामा मुख्य योजनाकारको भूमिका निभाएको आरोप लगाएको छ । उक्त घटनामा परेर सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने अन्य ३ जना घाइते भएका थिए । घाइते हुनेहरुमा कुमार खत्री, प्रतिक्षा खड्का, उरुषा मानान्धर रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.