नक्कली सुन बिक्री गर्ने तीन पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 06 | 07:12 pm 1469

भक्तपुर, २० कात्तिक : एक किलो सुन रु ३५ लाखमा बिक्री गर्ने भन्दै नक्कली सुन बिक्री गर्न ग्राहक खोज्दै हिँडेका तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय राजु लामा, धादिङ, गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ र काभ्रे, रोशी गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सुनको बिस्कुट जस्तै देखिने एक किलोग्राम लेखेको एक ढिक्का पहेँलो वस्तु लिएर सुन भन्दै बिक्री गर्न ग्राहकको खोजी गर्दै हिँडेका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई नै महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.