नक्कली सवारी चालक अनुमती पत्र बनाउने समुह पक्राउ

रिपोर्ट नेपाल | 2023 Feb 16 | 08:55 am 1185

काठमाडाैं, फागुन ४ः काठमाण्डौ उपत्यकामा केही व्यक्तीहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा एक समुहलाइ पक्राउ गरिएकाे छ ।

उक्त कार्यमा संलग्न रहेका व्यक्तीहरुको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको टोलीले कञ्चन गुरुङलाई मिति २०७९।१०।२९ गते काठमाण्डौको रामशाहपथ,अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट मिति २०७९।११।०१ गते पक्राउ गरी निजहरुलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि मिति २०७९।११।०२ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरूः

कञ्चन गुरूङले आफ्नो फोटो, गंगा तामाङको नामको सवारी चालक अनुमतिपत्र र रू.५,०००।- आफ्ना चिनजानका मानिस अनिल राईलाई दिएको । अनिल राईले आफुले रू.१,५००।- लिई उक्त फोटो, कागजात र रू.३,५००।- राजन तामाङलाई दिएको । राजन तामाङले रू.३,५००।- लिई गंगा तामाङको सवारी चालक अनुमतिपत्रमा कञ्चन गुरूङको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाई दिएको । साथै निजले अन्य धेरै व्यक्तिहरूलाई नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको खुल्न आएकोले थप अनुसन्धान कार्य जारी रहेको । निज राजन तामाङ यस अघि पनि लिखत सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुरबाट पक्राउ परी मुद्दा चलेको खुल्न आएको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.