काठमाडाैं, फागुन २५ः नक्कली म्यानपावर खोली रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाँउपालिका वडा नं.२ च्यापोल घर भई हाल जिल्ला काठमाडौ महानगरपालिका वडा नं. १४ गाईबाच्छाटोल बस्ने बर्ष २८ का आदेश तामाङ रहेका छन् ।
उनी समेतले संचालन गरेको KHM Recruitment Group मेनपावरबाट रविन मोक्तान समेत १ सय जना भन्दा बढी व्यक्तिहरुलाई वैदेशिक रोजगारको लागि मलेसियामा रहेको टेलिप्लेक्स मेडिकल SDN,BSD को कम्पनिमा आकर्षक तलबमा पठाई दिन्छौ भनि रकम लिई ठगी गरेकोले आदेश तामाङलाई हिजाे बिहीबार का.म.न.पा वडा नं. ३१ मिनभवन बानेश्वरबाट प्रक्राउ गरेकाे हाे ।
उनले संचालन गरेको किर्तिपुर न.पा. १ अमृतनगर KHM Recruitment Group मा खानतलासी गर्दा विभिन्न व्यक्तिहरुको राहदानी थान -९० ,KHM Recruitment Group को छाप-१ Acer Company CPU थान-२ समेत विभिन्न कागजातहरु बरामद गरी तामाङलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाईएको
प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।