काठमाडौं, असार २८ । नेपाली नागरीकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा केशव तुलाधरलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
गजेन्द्र बुढाथोकी लगायतका नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभनमा पारी विश्वास दिलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार सूचीमा रहेका तुलाधरलाई विशेष अनुसन्धान टोलीले काठमाण्डौको सानोभर्याङबाट पक्राउ गरीएको जनाइएको छ । पक्राउ परेका तुलाधरलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला प्रहरी परिसर, टेकु, पठाइएको जनाइएको छ ।