नक्कली ब्लु बुक बनाइ किर्ते बैंकिङ कसुर गर्ने आठ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 28 | 06:11 pm 2003

काठमाडौं, माघ १४ : नक्कली ब्लु बुक बनाई देव विकास बैंकको विभिन्न शाखाहरुबाट सवारी कर्जा लिने आठ जनालाई ब्यूरोले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका वडा नम्बर–१ का ३६ वर्षिय नारायण श्रेष्ठ (ऋणी), वर्ष ३० को बालकृष्ण श्रेष्ठ (ऋणी)वडा नम्बर–१ को वडा सदस्य समेत रहेको, वर्ष ३४ को चेत बहादुर श्रेष्ठ, वर्ष २६ को विकास श्रेष्ठ (ऋणी), वर्ष ३२ को नविन श्रेष्ठ (ऋणी), काभ्रे चौबास–४ हाल गोठाटार काठमाण्डौ बस्ने वर्ष ४२ को कृष्ण बहादुर खत्री (ऋणी), जिल्ला पर्सा , गवहा वीरगंज घर भइ हाल ललितपुर ज्वागल–१० बस्ने नेरशमान सिंह अमात्य (मूल्यांकनकर्ता), काठमाडौं महानगरपालिका वडा नम्बर–२३ का ३७ वर्षिय सरिन शंकर श्रेष्ठ (तत्कालिन देव विकास बैंकका शाखा प्रबन्धक) रहेका छन् ।

उनीहरुले सम्बन्धीत शाखा कार्यालयको कर्मचारी र मुल्यांकनकर्तालाई सवारी साधन देखाई यातायात कार्यालयबाट प्राप्त प्रतिलिपी ब्लु बुकमा गलत विवरण सहित सहि छाप गरी बैंकमा धितो राखी ठगी गर्ने गरेको ब्यूरोले जानकारी दिए ।

यस कार्यमा संलग्न मुख्य योजनाकार नारायण बहादुर श्रेष्ठ रहेको बताएका छन् । यस्ता कार्यमा संलग्नलाई २०७५ मंसिर २५ गते देखि विभिन्न मितिमा मोरङ, काभ्रे र काठमाण्डौं लगायतका स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालय काठमाण्डौं र ललितपुर समक्ष पेश गरिएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.