नक्कली नोट सहित रावल प्रहरीको फन्दामा

| 2021 Apr 25 | 08:45 am 181

काठमाडौँ बैशाख १२: महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली नोट कारोबार गर्ने एक व्यक्तिलाई रंगेहात पक्राउ गरेको छ । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. १ ईमाडोल बाट ग्वार्खो तर्फ तर्फ आउदै गरेका हुम्ला जिल्ला सार्केटार गाँउपालिका ७ जैर घर भई हाल काठमाण्डौ जिल्लाको माछापोखरी बस्ने मुन बहादुर रावतलाई पक्राउ गरिएको हो।

नक्कलि पैसाको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा शंका लागी रावतलको शरीर खानतलासी गर्दा उनको साथबाट एक हजारको दरको नक्कली जस्तो देखिने नोट ५थान सक्कली नोट जस्तो देखिने जम्मा पांच हजार पांच सय फेला पारी उनलाई नियन्त्रणमा
लिई ललितपुर जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा म्याद थप भई अनुसन्धान भई रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.