नक्कली नोटसहित एक युवक पक्राउ

| 2025 Feb 02 | 01:35 pm 529

काठमाडौँ, २० माघ / ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजार सर्लाहीबाट नक्कली भारतीय मुद्रासहित एक युवक पक्राउ परेका छन् ।

भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनी पक्राउ परेका हुन् ।

नक्कली बरामद नोट र पक्राउ परेका सोनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.