महोत्तरी, कात्तिक ११ः महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुवरबन्नाका सुकन महतो रहेका छन् ।
उनलाई प्रहरीले गौशाला बजारबाट ८ लाख ९७ हजार ४ सय ३५ नेपाली रुपैयाँ र २ लाख ८० हजार ९ सय २९ भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
सुकन तरकारी व्यापारी हुन् । तरकारी किन्ने गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना बाहिर आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आजै जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाबारे सार्वजनिक गरिने तयारी भएको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।