काठमाडाैं, फागुन ३ः नक्कली डाक्टर बनी सिफारिस गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा अर्घाखाँची परिवर्तित
मालारानी गाउँपालिका ८ घर भई हाल काठमाडाैं कामनपा ३ कान्ति संगममार्ग बस्ने ३६ बर्षीय जितेन्द्र पन्थी रहेका छन् ।
नेपाल मेडिकल काउन्सिलबाट लिनु पर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरेपछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनु पर्ने प्रकृया रहेकोमा २०७७ असाेज ६ गते डा कृष्ण रिजालको Application Form मा जितेन्द्र पन्थीले Dr. Jitendra Sharma, NMC Registration no. 2364 लेखी सहीछाप गरी
Certify गर्ने क्रममा किर्ते गरेको शंका लागि अनुसन्धान गर्दा निजले नेपाल मेडिकल काउन्सिलबाट लाईसेन्स प्राप्त नगरी नै डाक्टर भनि सहिछाप गरी लिखत सम्बन्धि कसुर गरेको खुल्न आएकोल हाे ।
उक्त कारण २०७७ फागुन २ गते कामनपा ३ कान्ति संगमटोलबाट पक्राउ गरी उनलाई लिखत सम्बन्धी कसुरमा सम्मानित काठमाडाैं
जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भई रहेको प्रवक्ता एवं सूचना प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।