धुर्मुस-सुन्तलीलाई भरतपुरमा भव्य स्वागत

रिपोर्ट नेपाल | 2019 Feb 03 | 03:08 pm 1925

भरतपुर, माघ  २० :  कलाकारिताबाट समाजसेवामा लागेका चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भरतपुरमा भव्य स्वागत गरिएको छ।

धुर्मुस-सुन्तलीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारीहरू र सामाजिक संस्थाका प्रतिनिधिले स्वागतमा गरेका हुन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गरिएको थियो।

राजधानीमा आयोजित एक कार्यक्रमबीच धुर्मुस-सुन्तली फाउण्डेशन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.