गुल्मी, असार १८ : लामो समय सम्म स्थानीय सरकार र जनप्रतिनिधिको अनुभुति गर्न नपाएका गाउँका जनताले स्थानीय निर्वाचनपछि राहत महसुस गरेका छन् ।
दश बर्षे द्वन्द र विविध कारणले स्थानीय निर्वाचन नभएकोले कर्मचारीद्वारा काम चलाउ गरिएको थियो । गत बर्ष स्थानीय निर्वाचन सम्पन्न भएपछि गाउँघरमा विकासले गति लिन थालेको छ ।
यसै क्रममा गएको स्थानीय निर्वाचनमा धुर्कोट गाउँपालिकामा संयुक्त उम्मेदवारी दिएका तत्कालिन माओवादी केन्द्रका भुपाल पोखरेल र नेपाली कांग्रेसका शिव केसीले निर्वाचनको समयमा प्रतिबद्धता जनाए बमोजिम आफ्नो कार्यलाई दुर्त गतिले अगाडी बढाइरहेका छन् ।
निर्वाचनमा बाचा गरे बमोजिम एक घर एक धारा भन्ने नारालाई वडा नं. ६ बाट पुरा गर्ने अभियान सम्पन्न गरेका छन् । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार आइतबार विहान गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष शिव केसीले चौर भन्ने ठाउँको खानेपानीको उद्घाटन संयुक्त रुपमा गरेका छन् ।
गत आर्थिक बर्षको करिब दश लाख रुपैयांको लागतमा सम्पन्न उद्घाटन समारोहमा अध्यक्ष पोखरेलले निर्वाचनमा गरिएका सबै बाचाहरु क्रमश पुरा गर्दै जाने बताएका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष शिव केसीले चौरका जनताको लामो समयदेखिको खानेपानीको समस्या पुरा भएकोले अव जनताले नगदे बाली कृषी खेति गरेर समृद्धिको बाटोमा अघि बढ्नु पर्ने बताए ।