धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने एक ब्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2024 Apr 07 | 06:30 pm 589

काठमाडौँ २५ चैत / तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं.५ सेरा चापटार स्थितमा जिल्ला गोरखा पालुङटार न.पा. वडा नं. ८ दुवार स्थायी घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. ५ सेरा चापटार बस्ने वर्ष ३५ को जित बहादुर कुमाल र निजकै श्रीमती बर्ष ३६ की सुन माया कुमाल बिच घरायसी कुरामा बिवाद हुँदा जित बहादुर कुमाले घरमा रहेको धारिलो हतियार दाउले निजको श्रीमती सुन माया कुमाललाई पटक पटक प्रहार गर्दा शरीरको बिभिन्न भागमा गहिरो चोट लागी घटनास्थलमा नै मृत्यु भएको छ।

निज जित बहादुर कुमाल भाग्ने प्रयास गरिरहेको अवस्थामा घटनास्थल नजिकबाट जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्र.ना.उ समेतको प्रहरी टोलीले नियन्त्रणमा लिई निज बिरुद्ध ज्यान सम्बन्धी कसुरमा सम्मानित तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.