बारा, माघ २६ः गएराति बारामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी एक जना महिलाको हत्या गरेकाे छ । हत्या हुनेमा महागढीमाई नगरपालिका १ का बैजनाथ कुश्वाहाकी ४८ बर्षीया श्रीमती कान्ति देवी रहेकी छन् ।
मृतकको घरेलु हतियार प्रयाेग गरी टाउको र गलामा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनीकाे घरमा कोही नभएको माैका छाेपी चोरी गर्ने हिसाबले घरमा पसेको हुन सक्ने उनले बताए ।
रातीको समयमा उनका श्रीमान खाना खाएर घरको छेउमै भइरहेको अष्ठजाम हेर्न निस्केको बेला पारी उक्त घटना घटेको अनुमान गर्न सकिने मिश्रले बताए । मृतकका छोरा छोरी पढाईको सिलसिलमा काठमाडौं बस्दै आएको परिवारजनले बताएका छन् ।
हत्या आसपासकै व्यक्तिबाट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धनबाट देखिएकोले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर ल्याएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए।